बैशाख २२, २०८१, शनिबार
               

कोरोनाभाइरसः विश्वभर कति पुग्यो मृतकको संख्या ?

एजेन्सी
जेठ २०, २०७७

ADVERTISEMENT

पेरिस । महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) बाट विश्वभर तीन लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । 

एएफपीको गणना अनुसार विश्वभर ६३ लाख ७४ हजार मानिस कोरोनाभाइरसबाट संक्रमित छन् । 

जसमा युरोपमा मात्र एक लाख ७९ हजारको मृत्यु भएको छ भने २१ लाख ६७ हजार व्यक्ति संक्रमित भएका छन् । 

संयुक्तराज्य अमेरिकामा एक लाख ६ हजार ९२७ जनाको मृत्यु भएको छ भने दोस्रो स्थानमा बेलायतमा ३९ हजार ५१ जना, इटालीमा ३३ हजार ४७५ जना, ब्राजिलमा ३० हजार ४६ जना तथा फ्रान्समा २८ हजार ८३३ जनाको ज्यान गएको छ । 


कस्तो लाग्यो ?

यो पनि