जेठ ०५, २०८१, शनिबार
               

प्रदर्शनकारीमाथि अमेरिकामा चलाइयो ट्यांकर

नेपाल फ्ल्यास
जेठ १९, २०७७

ADVERTISEMENT

एजेन्सी । आइतबार अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसमा प्रदर्शनकारीको भीडमाथि ट्यांकर चलाइएको छ । यो समाचार एजेन्सीरोयटर्सले जानकारी दिएको छ । प्रदर्शनकारीबीच ट्यांकर चलाए पनि धेरैजना भागेर जोगिन सफल भएको रोयटर्सले जनाएको छ । उक्त घटना मिनियापोलिस अन्तर्गत राजमार्ग ३५ वेस्टवाउन्डको हो ।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रोयटर्सले ट्यांकर चलाउने ती ड्राइभरलाई पछि प्रदर्शनकारीले निकालेर कुटपिट गरेको जनाइएको छ । पछि उनलाई मिनियापोलिस प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘आई–३५ डब्ल्यूमा ट्रक ड्राइभरले शन्तिपूर्ण तरिकाले प्रदर्शन गरिरहेकामाथि गरेको उक्त हर्कत निन्दनीय छ,’ मिनियापोलिस डिपार्टमेन्ट अफ पब्लिक सेफ्टीले ट्वीटरमा भनेको छ,  ‘ट्रक चालक घाइते छन् भने उनलाई अस्पताल पुर्याइएको छ, उनलाई प्रहरीले पक्राउ गरेको छ, ट्रकले कसैलाई पनि चोट भने पुर्याएको छैन ।’

प्रदर्शनकारी प्रहरी हिरासतमा रहेका अश्वेत व्यक्ति जर्ज फ्लोइडको मृत्युको विरोधमा प्रदर्शन गरिरहेका छन् ।मिनियापोलिससमेत अमेरिकामा विभिन्न शहरमा केही दिनदेखि फ्लोइडको हत्याको विरोधमा प्रदर्शन भइरहेको छ ।  


कस्तो लाग्यो ?

यो पनि