जेठ ०५, २०८१, शनिबार
               

रुसमा किरा फट्यांग्राको लागि पनि मास्क बनाइँदै

नेपाल फ्ल्यास
जेठ १९, २०७७

ADVERTISEMENT

एजेन्सी । रुसमा किरा फट्यांग्राको लागि पनि मास्क बनाइँदै छ । विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरसको कारण अहिले विश्वभरका मानिसहरुमा स्वास्थ्य सतर्कताका उपाय अपनाउने बानीको विकास भएको छ ।

यतिबेला घरबाट बाहिर जाँदा धेरै मानिसहरुले मास्क लगाएर जाने गररेका छन् । मानिस बाहेक अन्य जीवजन्तुहरुको सुरक्षाको लागि पनि मास्क आवश्यक हुन्छ । यो प्रश्न सुन्दा धेरैलाई वाहियात लाग्नु स्वाभाविक छ । तर, रुसका एक व्यक्तिले किरा फट्यांग्राका कीराहरुको सुरक्षाका लागि भन्दै सुक्ष्म मास्क बनाएका छन् ।

रसीया ती व्यक्ति एनाटोली कोनेकोले अहिले बारुलो, फट्यांग्रा, ड्र्यागनफ्लाई (गाइने किरा) र गंगटोका लागि उपयुक्त हुने मास्क बनाइरहेका छन् । उनले कीराहरुलाई पनि बचाउनु आवश्यक रहेको सन्देश दिन यस्तो मास्क निर्माण गरिरहेको जनाइएको छ ।

उनले यतिबेलाको कठिन समयमा मानिसहरुले मानिसहरुलाई मात्र कसरी बचाउने भन्ने विषयमा नभई जनावरहरु र कीराहरुको सुरक्षाको विषयमा पनि ध्यान दिनुपर्ने बताएका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि