जेठ ०५, २०८१, शनिबार
               

कोरोनाबाट भारतमा एक लाख ८१ हजार संक्रमित

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

एजेन्सी । विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरस संक्रमण भारतमा पुष्टि हुनेको संख्या एक लाख ८१ हजार ८ सय २७ पुगेको छ ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार सर्वाधिक संक्रमण देखिएको देशको सूचीमा भारत नवौँ स्थानमा रहेको छ। साथै, सूचीको पहिलो स्थानमा अमेरिका छ ।

अमेरिकापछि क्रमशः ब्राजिल, रुस, बेलायत, स्पेन, इटाली, फ्रान्स, जर्मनी, भारत लगायतका देश छन् । यसका साथै भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या पनि ५ हजार नाघेको छ । आइतबार बिहानसम्म त्यहाँ ५ हजार १ सय ८५ जनाको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि