बैशाख २६, २०८१, बुधबार
               

काबुलमा वम विस्फोट हुँदा एक पत्रकारसहित बस चालकको मृत्यु

नेपाल फ्ल्यास
जेठ १७, २०७७

ADVERTISEMENT

अफगानिस्तानको राजधानी काबुलमा भएको वम आक्रमणमा परी एक टेलीभिजन पत्रकार र बसका चालकको मृत्यु भएको छ ।

शनिबार अफगानिस्तानको एउटा निजी संस्थाले सञ्चालन गरेको टेलिभिजन च्यानलका कर्मचारी लिएर गुडिरहेको बसमा आक्रमण भएको हो । 

टेलिभिजनका १५ कर्मचारीलाई घर पुर्‍याउने क्रममा विष्फोट भएकोे कुर्सिद टेलिभिजन च्यानलका निर्देशक जावेद फरादले बताए ।

आक्रमणको अफगानी गृहमन्त्रालयले पनि पुष्टि गरेको छ । मन्त्रालयले टेलिभिजनको गाडीलाई नै लक्षित गरेर आक्रमण गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि