जेठ ०५, २०८१, शनिबार
               

मन्त्रीलाई नै कोरोना संक्रमणको पुष्टि

एजेन्सी
जेठ १७, २०७७

ADVERTISEMENT

पाकिस्तान सरकारका एक जना मन्त्रीलाई कोरोना संक्रमण भएको बीबीसीले उल्लेख गरेको छ ।

सीमा मामिला र मादक पदार्थ नियन्त्रण मन्त्रालयका राज्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्री आफैंले सामाजिक सञ्जाल ट्विटरमा यसबारेमा जानकारी दिएका हुन् ।

आफूलाई कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको र चिकित्सकको सल्लाहअनुसार आफू घरमा नै क्वारेन्टिनमा बसेको उनले जानकारी दिएका छन् ।

पाकिस्तानमा कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको लकडाउन केही खुकुलो पारिएको छ । तर, संक्रमितको संख्या भने निरन्तर बढ्दो क्रममा छ । 

पाकिस्तानमा ६७ हजारभन्दा बढी मानिसमा कोरोना  संक्रमण पुष्टि भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि