मंसिर ०७, २०८१, शुक्रबार
               

भारतमा ४,५०० भन्दा बढीको मृत्यु, नवौं स्थानमा भारत

एजेन्सी
जेठ १६, २०७७

ADVERTISEMENT

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६५ हजार तीन सय भन्दा बढी पुगेको छ । 

कोरोना संक्रमितको संख्याको आधारमा भारत नवौं (९) नम्बरमा आएको छ । अमेरिका पहिलो स्थानमा छ ।

एसियामा सबैभन्दा बढी कोरोना संक्रमित भारतमा भेटिएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार, भारतमा १ लाख ५८ हजार ३३३ जना संक्रमित भेटिएका छन् ।

बिहीबार कहाँ कति संक्रमित थपिए ?

महाराष्ट्र : २५९८

दिल्ली : १०२४ 

तमिलनाडु : ८२७ 

गुजरात : ३६७ 

पश्चिम बंगाल : ३४४

राजस्थान : २५१ 

मध्यप्रदेश : १९२ 

उत्तरप्रदेश : १७९

बिहार : १४९

आन्ध्रप्रदेश : १२८

हरियाणा : १२३

कर्नाटक : ११५

जम्मू कश्मीर : ११५

८६ हजार ११० जना संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।  

भारतमा ६७ हजार ६९२ संक्रमित निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट भारतमा ४ हजार ५३१ जनाको मृत्यु भइसकेको छ । 


कस्तो लाग्यो ?

यो पनि