जेठ ०५, २०८१, शनिबार
               

चीन–भारत सीमा विवाद समाधानका लागि अमेरिका तयार छ : ट्रम्प

नेपाल फ्ल्यास
जेठ १४, २०७७

ADVERTISEMENT

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ट्विट गर्दै चीन र भारतबीच देखिएको सीमा विवादको समाधानका लागि अमेरिका मध्यस्थता गर्न तयार रहेको बताएका छन् ।

एक ट्वीट गर्दै उनले दुवै देशलाई अमेरिकाले मध्यस्थता गर्न चाहेको मात्र नभई समस्या समाधान गर्न पनि सक्षम भएको जानकारी गराइसकेको उल्लेख गरेका छन् । 

पछिल्लो समय लद्दाख र सिक्किममा चीन र भारतका सैनिकबीच धकेलाधकेल र झडपसमेत भएका विवरण सार्वजनिक भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो बताएका हुन् । 

मंगलबार मात्र चिनियाँ राष्ट्रपति सी चिनफिङले जनमुक्ति सेनालाई लडाइँका लागि तयारी गर्न निर्देशन दिएका छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि राष्ट्रिय सुरक्षा सल्लाहकारसहित अधिकारीसँग छलफल गरेका छन् ।

पूर्वी लद्दाखको लाइन अफ कन्ट्रोलनजिकै चीनले थप पाँच हजार फौज उतारेको जनाइएको छ । 

केही वर्षअघि चीन,भारत र भुटानको सीमामा पर्ने दोक्लम क्षेत्रमा चीन र भारतका सैनिकबीच आमनेसामने भएको थियो । 

यो पनि