जेठ ०५, २०८१, शनिबार
               

भारतमा संक्रमितहरु डेढ लाख नाघे

नेपाल फ्ल्यास
जेठ १४, २०७७

ADVERTISEMENT

भारतमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसबाट नयाँ संक्रमित भएका व्यक्तिको संख्या ६ हजार ३ सय ८७ रहेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार भारतमा कूल संक्रमितको संख्या एक लाख ५१ हजार ७ सय ६७ पुगेको छ । 

कोरोना संक्रमणबाट विगत चौबीस घण्टामा १ सय ७० जनाको मृत्यु भएको छ । यो सहित भारतमा कूल मृत्यु भएका व्यक्तिको संख्या चार हजार ३ सय ३७ भएको मन्त्रालयले जनाएको छ । उपचारको क्रममा रहेकामध्ये ६४ हजार ४ सय २५ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । 

भारतीय राज्य महाराष्ट्रमा कोविड–१९ बाट सर्वाधिक मानिस प्रभावित भएका छन् । यहाँ हालसम्म ५४ हजार ७ सय ५८ जना संक्रमित भेटिएका छन् ।

सबैभन्दा बढी तमिलनाडुमा १७ हजार ७ सय २८ तथा गुजरातमा १४ हजार ८ सय २१ जना तथा भारतीय राजधानी नयाँदिल्ली प्रदेशमा १४ हजार ४ सय ६५ जना संक्रमित देखिएका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि