जेठ ०५, २०८१, शनिबार
               

रसियामा कोरोना संक्रमण उच्च विन्दुमा पुगिसक्यो अब कम हुन्छ  : पुटिन

नेपाल फ्ल्यास
जेठ १४, २०७७

ADVERTISEMENT

मस्को, रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले रसियामा कोरोनाभाइरसको संक्रमण उच्चतम विन्दुमा पुगिसकेको मंगलबार घोषणा गरेका छन् । 

राष्ट्रपति पुटिनले विज्ञहरुको भनाइमा रसियामा कोरोनाभाइरस संक्रमणले उच्चतम विन्दु पार गरेको तर अब संक्रमण घट्ने बताएका रसियाली रक्षामन्त्री सर्गेइ सोइगुले जानकारी दिएका छन् । 

रसियाली स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार रसियामा कोरोना संक्रमितको संख्या तीन लाख ६२ हजारभन्दा बढी छ भने तीन हजार ८ सय भन्दा बढी व्यक्तिको ज्यान गएको छ । 

विश्वभर कोरोना संक्रमितको संख्या ५७ लाख पुगिसकेको छ भने मृत्यु भएका व्यक्तिहरुको संख्या पनि तीन लाख ५० हजारभन्दा बढी भइसकेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि