जेठ ०५, २०८१, शनिबार
               

कोरियामा मास्क नलगाई यात्रा गर्न बन्देज

नेपाल फ्ल्यास
जेठ १४, २०७७

ADVERTISEMENT

दक्षिण कोरियामा दोस्रो महामारीको रूप नलेओस् भन्नका लागि मङ्गलबारदेखि यहाँ मास्क अनिवार्य गरिएको छ । ‘नो मास्क, नो राइड’ भन्ने नयाँ नियमानुसार ट्रेन, बस र ट्याक्सीमामा यात्रा गर्ने यात्रु तथा चालकले समेत अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने छ ।

मास्क प्रयोग नगरी यात्रा गरे÷गराएमा कारवाही हुने रोग नियन्त्रण महाशाखा केसिडीसीले बताएको छ । नियम उल्लङ्घन गर्ने यात्रुलाई यात्रामा प्रतिबन्ध लगाइ  कानूनअनुसार कारवाहीसमेत गरिने नियममा उल्लेख छ ।

अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानमा यात्रा गर्ने यात्रुलाई भने आजदेखि यो नियम लागू हुने जनाइएको छ । सार्वजनिक यातायातबाट कोरोना सङ्क्रमण फैलिने जोखिमदर उच्च हुने भएकाले सङ्क्रमण नफैलियोस् भनेर यो नियम जारी गरिएको जनाइएको छ ।

नियमानुसार मास्क नलगाइ यात्रा गर्न चाहने यात्रुलाई बस वा ट्याक्सी चालकले यात्रामा रोक लगाउनसमेत सक्नेछन् । यससँगै केही अघि मात्र इथेवन सहरको एक रात्रि क्लबबाट सङ्क्रमण फैलिएपछि यहाँका क्लब तथा बारहरु पनि बन्द गरिएका छन् ।

कोरियामा ११ हजार २ सय २५ कोरोना सङ्क्रमित छन् भने १० हजार २ सय ७५ बढी निको भएर घर फर्किसकेका छन् । हालसम्म कोरियामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ सय ६९ रहेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि