काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्रहरूलाई पनि कोरोना भाइरस (कोभिड १९) ले प्रभावित बनाएको छ ।
विश्वकै दोस्रो बढी जनसंख्या रहेको भारतमा कोरोना संक्रमण तीब्र गतिमा फैलिरहेको छ । पछिल्ला दिनमा भारतमा दैनिक ६ हजारभन्दा बढीमा संक्रमण देखिन थालेको छ । पछिल्लो तीन सातामा दैनिक मृत्यु पनि अपवादमा मात्र एक सयभन्दा तल छ । एकैदिन सर्वाधिक मृत्यु १७५ जनासम्म पुगेको छ । यो सामग्री तयार पार्दासम्म १ लाख २५ हजार १४९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
त्यसपछि पाकिस्तानमा बढी संक्रमण छ भने सबैभन्दा कम भुटानमा । सार्कका भुटानबाहेक सबै सदस्य राष्ट्रले मानवीय क्षति भोगिसकेका छन् ।
हेर्नुस् सूची :
देश | संक्रमित | मृत्यु | निको | |
---|---|---|---|---|
१ | भारत | १,२५,१४९ | ३,७२८ | ५१,८२४ |
२ | पाकिस्तान | ५२,४३७ | १,१०१ | १६,६५३ |
३ | बंगलादेश | ३०,२०५ | ४३२ | ६,१९० |
४ | अफगानिस्तान | ९,२१६ | २०५ | ९९६ |
५ | माल्दिभ्स | १,२७४ | ४ | १०९ |
६ | श्रीलंका | १,०६८ | ९ | ६६० |
७ | नेपाल | ५४८ | ३ | ७० |
८ | भुटान | २४ | ० | ६ |