मंसिर ०७, २०८१, शुक्रबार
               

नेपाली सेनाका अधिकृतकाे शव लिन उड्यो विमान

नेपाल फ्ल्यास
जेठ ०८, २०७७

ADVERTISEMENT

काठमाडाैं ।निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सको सिआरजे–बमबार्डियर जहाज अफ्रिकी मुलुक ट्युनिसियातर्फ उडेको छ । 

नेपाली सेनाका एक अधिकृतिको शान्ति सेनामा सेवारत अवस्थामा हृदयघातबाट मृत्यु भएपछि उनको शव लिन सो एयरलाइन्स त्यसतर्फ उडेको हो ।

एयरलाइन्सको ट्युनिसिया उडान एकतर्फी करिब १३ घन्टाको हुने जनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सो जहाज ओमानको मस्कट, इजिप्टको कायरो हुँदै साँझ ट्युनिसियाको राजधानी ट्युनसस्थित कार्थेज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ । 

भोलिपल्ट शुक्रबार उताबाट फर्कँदा मस्कट, कायरो र दुबई हुँदै काठमाडौं अवतरण गर्नेेछ ।

श्रीले यसअघि सुडानमा चार्टर्ड उडान गरेको थियो । त्यस्तै, कम्पनीको जहाजले गत वैशाख १२ गते सिङ्गापुरबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।


कस्तो लाग्यो ?

यो पनि