जेठ ०७, २०८१, सोमबार
               

जहाँ उपराष्ट्रपति र रक्षामन्त्रीलाई समेत कोरोना संक्रमण देखियो

एजेन्सी
जेठ ०६, २०७७

ADVERTISEMENT

दक्षिण सुडानका उपराष्ट्रपति र रक्षामन्त्रीलाई कोरोना भाइरस संक्रमणकोपुष्टि भएको छ ।

उपराष्ट्रपति रिक माशर र रक्षामन्त्री एन्जेलिना टेनीलाई कोरोना संक्रमणको पुष्टि भएको हो । उनीहरु श्रीमान-श्रीमती समेत हुन् ।

६० वर्षीय माशरको मे १३ मा कोरोना परीक्षण गरिएको थियो । कोभिड–१९ टास्क फोर्सका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि उपराष्ट्रपति माशरलाई पनि परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

माशरका बडीगार्ड र केही सुरक्षाकर्मीहरुमा पनि कोरोना संक्रमण देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार दक्षिण सुडानमा २ सय ९० जनामा कोरोना संक्रमण देखिएको छ । जहाँ ४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि