कात्तिक ३०, २०८१, शुक्रबार
               

चिनियाँ मिडियाले गल्ती सच्याउँदै भन्‍यो, –‘सगरमाथा नेपाल–चीन सीमामा पर्छ’

नेपाल फ्ल्यास
जेठ ०५, २०७७

ADVERTISEMENT

 

 चिनियाँ सञ्‍चारमाध्यमले यसअघि सगरमाथा चीनमा रहेको दाबी गरेकोमा सच्याएको छ । सीजीटीएनले यसअघिको गल्ती सच्याउँदै भन्‍यो, ‘सगरमाथा नेपाल र चीनको सीमामा छ ।’ 

चाइना ग्लोबल टेलिभिजन नेटवर्कले एक घण्टा अघि गरेको ट्विटमा भनिएको छ, ‘नेपालचीन सीमामा रहेको विश्‍वकै सर्वोच्च शिखर सगरमाथाको रुपमा चिनिएको चोमोलोङ्‌मा हिमालको आकाशमा १ मेको शुक्रबारको दिन एक असाधारण सूर्यको प्रकाशको घेरा देखिएको छ ।’

यसअघि २ मेमा सीजीटीएनले भनेको थियो, ‘चीनको स्वायत्त क्षेत्र तिब्बतमा रहेको विश्‍वकै सर्वोच्च शिखर सगरमथाको रुपमा चिनिएको कोमोलोङ्‌मा हिमालको आकाशमा शुक्रबार एक असाधारण सूर्यको प्रकाशको घेरा देखिएको छ ।’ 

यसअघि सगरमाथाको उचाई सर्भे र म्यापिङका लागि चीनले ५३ सदस्यीय सर्भेयरको टोली सगरमाथाको चुचुरोमा पठाउने बताएको थियो । लामो समयदेखिको सगरमाथको उचाईसम्बन्धी विवादलाई अन्त्य गर्न चीनले सगरमाथाको चीनतर्फको बेसक्याम्पमा २ मार्चदेखि प्राविधिक तयारी थालेको हो । 

चीनले सगरमाथाको उचाईको निर्क्यौल गर्नका लागि बेइडोउ नेभिगेस स्याटेलाइट प्रणाली र चिनियाँ सर्भे उपकरणहरुको प्रयोग गरिने साउथ चाइना मर्निङ पोस्टले जनाएको थियो । 

नेपालमा सगरमाथा भनिएको र तिब्बतमा चोमोलोङ्‌मा भनिएको यो हिमाल चीन र नेपालको सीमा क्षेत्रमा पर्छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार नेपाल र चीनबीच सगरमाथाको उचाई चट्टान भएसम्मको भागलाई मान्‍ने अथवा हिउँको चुचुरोलाई मान्‍ने भन्‍ने विषयमा विवाद छ । 


कस्तो लाग्यो ?

यो पनि