बैशाख २७, २०८१, बिहीबार
               

चीनमा फेरि भेटिए कोरोना संक्रमित, के हुँदैछ उहानमा ?

एजेन्सी
जेठ ०४, २०७७

ADVERTISEMENT

बेइजिङ । चीनमा कोरोनाभाइरसबाट थप १७ जना संक्रमित  भएका छन् ।

कोरोनाभाइरसबाट संक्रमित हुनेहरु थपिने क्रम नरोकिएपछि उहानमा आम परीक्षणलाई अभियानका रुपमा सञ्चालन गरिएको छ ।   

कोरोनाभाइरसको उद्गमस्थल समेत मानिने उहानमा केही समय यसको संक्रमण रोकिएको बताइए पनि अहिले फेरि दिनप्रतिदिन संक्रमित हुनेहरुको संख्या थपिदै गएको छ । 

सरकारी अधिकारीहरुले अहिलेसम्म उहानका मात्रै झण्डै एक करोड १० लाख मानिसमा कोरोनाभाइरसको संक्रमण भए नभएको बारेमा स्वास्थ्य परीक्षण गरिएको छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले देशको जिलिन प्रान्तमा पनि शनिबार थप पाँच जना संक्रमित भेटिएको जनाएको छ । उनीहरुमध्ये तीन जनालाई स्थानीय संक्रमण भएको आयोगले आइतबार उल्लेख गरेको छ । 

कोरोनाभाइरसबाट संक्रमितहरुको संख्या बढ्दै जान थालेपछि जिलिन शहरमा यसै हप्तादेखि लकडाउन लागु गरिएको छ । 

शनिबार थपिएकासँगै चीनमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या ८२ हजार ९४७ पुगेको छ । 

स्वास्थ्य अधिकारीहरुका अनुसार कुल संक्रमितमध्ये अहिले पनि उपचाररत अवस्थामा ८६ जना छन् भने अरु ७८ हजार २२७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

चीनमा कोरोनाभाइरसबाट संक्रमित भएर अहिलेसम्म चार हजार ६३४ जनाको मृत्यु भएको छ ।   

चीनमा गत डिसेम्बरको अन्तिम साता पहिलो पटक कोरोनाभाइरसको संक्रमण देखिएको थियो । 

त्यही संक्रमण फैलिदै गएर अहिले संसारभरी पुगेको विश्वास गरिन्छ । 


कस्तो लाग्यो ?

यो पनि