जेठ ०४, २०८१, शुक्रबार
               

चीनलाई निशाना बनाउँदै फेरि भड्किए राष्ट्रपति ट्रम्प

नेपाल फ्ल्यास
जेठ ०४, २०७७

ADVERTISEMENT

एजेन्सी । चीनलाई निशाना बनाउँदै फेरि चीनसँग अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प भड्किएका छन् । कोरोना महामारीको विषयलाई लिएर चीनविरुद्ध राष्ट्रपति ट्रम्पले फेरि अर्को पटक चीनलाई निशानामा पारेका हुन् ।

उनले आइतबार बिहानै ट्वीट गर्दै चीनले विभिन्न संगठनलाई दिँदै आएको आर्थिक सहयोगबारे प्रश्न उठाएका छन् । राष्ट्रपति ट्रम्पले ट्वीटरमा लेख्दै भनेका छन्, ‘हाम्रोभन्दा धेरै जनसंख्या हुँदासमेत चीनले विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्र र सबैभन्दा खराब कुरा, विश्व व्यापार संगठनलाई आखिर अत्यधिक कम डलर दिनुको कारण के हो ? यो देशलाई कथित रुपमा विकाशशील देशको मान्यता दिइएको छ ।’

उनले अझै लेख्छन्, ‘उनीहरुलाई अमेरिका वा अन्य कुनै देशको तुलनामा धेरै सहुलियत दिइन्छ, चीनबाट फैलिएको यो महामारी अघि हाम्रो अर्थव्यवस्थाले सबैलाई पछि पारिरहेको थियो, कुनै पनि देशको तुलनामा सबैभन्दा राम्रो थियो, हामी फेरि त्यो स्थानमा हुन्छौँ र त्यो छिट्टै हुनेछ ।’ राष्ट्रपति ट्रम्पले लेखेका सामग्री बीबीसीले पनि प्रकाशन गरेको छ ।

 

यो पनि