असोज ०६, २०८१, आइतबार
               

गुगलले आफ्नो नक्सामा किन हटायो नेपालबाट सगरमाथा ?

नेपाल फ्ल्यास
जेठ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । केही दिन अघि मात्र चीनको सरकारी सञ्चार माध्यमले सगरमाथामा चीनमा पर्ने भन्दै सामाजिक सञ्जालमा गलत प्रचार गर्‍यो ।  

जनस्तरबाट व्यापक विरोध भएपछि उक्त सञ्चारमाध्यम (चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्क) ले आफ्नो गल्ती सच्याउन वाध्य भएको थियो। 

यो सत्य हो र सबैलाई थाहा भएको कुरा हो कि, विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्छ । नेपाललाई विश्वमा चिन्ने र चिनाउने एक माध्यम सगरमाथा पनि हो । विश्वको अग्लो चुचुरो नचिन्ने पनि सायदै होलान् ।

तर, अहिले फेरि सगरमाथाको विषयलाई लिएर विवाद सुरु भएको छ ।  गुगल म्यापले सगरमाथाको विषयमा अनावश्यक विवाद सिर्जना गराएको देखिएको छ । 

गुगलले आफ्नो म्याप (नक्सा) मा सगरमाथालाई चीनतर्फ देखाइदिएको छ । अहिले सामाजिक सञ्जालमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले व्यापक विरोध गर्न थालेका छन् ।  

गुगलको नक्सामा सगरमाथा नेपालबाट हटाइएको छ । चुचुरो चीनतर्फ स्पष्ट देखाइएको छ ।  (गुगल म्याप हेर्न यहाँ क्लिक गर्नुहोस्)

गुगल म्यापमा सगरमाथा नेपालको भूभागबाट हटेर चीनतर्फ देखिनुलाई गम्भीर रुपमा लिइएको छ । गुगल म्याप्स विश्वमै नक्साको जानकारी पाउने र धेरैले खोज्ने माध्यम हो ।

नेपालको उत्तरमा रहेको सर्वोच्च शिखर आफ्नो भन्दै चिनियाँ सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेको केहि दिन नबित्दै गुगलले नै सगरमाथालाई चीनको नक्शामा राखिदिनु अर्थपूर्ण रहेको जानकारहरु बताउँछन् ।

पहिलेको गुगल म्याप


कस्तो लाग्यो ?

यो पनि