जेठ ०७, २०८१, सोमबार
               

एक महिना पनि पदमा टिकेनन् स्वास्थ्यमन्त्री

एजेन्सी
जेठ ०३, २०७७

ADVERTISEMENT

ब्राजिलका स्वास्थ्यमन्त्री नेल्सन टिशले राजीनामा दिएका छन् । एक महिनाभित्र ब्राजिलका दुई जना स्वास्थ्यमन्त्रीले राजीनामा दिइसकेका छन् । 

शुक्रबार स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मन्त्री नेल्सनले राजीनामा दिएको पुष्टि गरेको थियो । उनी स्वास्थ्य मन्त्री पदमा एक महिनाभन्दा पनि कम समय रहे । 

कोरोना भाइरसको संक्रमणको अवस्था निकै भयावह अवस्थामा पुगेको ब्राजिलमा यसै महिनामा अर्का स्वास्थ्य मन्त्रीले पनि राजीनामा दिएका थिए । 

पछिल्लो समय दक्षिणपन्थी राष्ट्रपति जायर बोल्सनारो र नेल्सन टीशबीच मतभेद रहँदै आएको थियो । 

बिहीबार मात्रै जर्मनी र फ्रान्सलाई पछि पार्दै ब्राजिलमा कोरोना संक्रमितको संख्या दुई लाख पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि