एजेन्सी । स्पेनमा सबैभन्दा ज्येष्ठ ११३ वर्षीया वृद्धा महिला कोरोना संक्रमणमुक्त भएकी छन् । अवकाश जीवन बिताउने केयर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया ती वृद्धाले कोरोना भाइरसलाई परास्त गर्न सफल भएकी हुन् ।
अमेरिकामा जन्मिएकी उनी ब्रानयासलाई गत अप्रिलमा कोरोना संक्रमण भएको थियो । उनी विगत २० वर्षदेखि स्पेनको पूर्वी शहर ओलोटको सान्टा मारिया डेल टुरा केएर होममा बस्दै आएकी थिइन् । उनमा श्वासप्रश्वासको समस्या देखिएको थियो।
केयर होमकी प्रवक्ताले मारिया बच्न सफल भएको र अहिले स्वास्थ्य अवस्था निकै राम्रो रहेको जानकारी दिएकी छन् । ती मारियालाई केही साता उनकै कोठामा आइसोलेसनमा राखिएको थियो भने देखभालका लागि एक जना कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामग्री लगाएर खटाइएको थियो ।