बैशाख १७, २०८१, सोमबार
               

रूसले ७५ औँ विजय दिवस कोरोना अन्त्यपछि मनाउने

नेपाल फ्ल्यास
बैशाख २७, २०७७

ADVERTISEMENT

रूसले ७५ औँ विजय दिवस कोभिड–१९ को अन्त्यपछि शानदाररूपमा विशेष उत्सवका साथ मनाउने रूसी राष्ट्रपतिले शनिबार बताए । 

राष्ट्रपति भ्लादिमीर पुटिनले शनिबार भने, “कोभिड–१९ महामारीको समाप्तिपछि भव्य देशभक्त युद्धको विजयको ७५ औँ वर्षगाँठ मनाउने छ । रूसले महामारीको अन्त्यपछि  ‘व्यापक तथा शानदार’ समारोहबीच ७५ औँ विजय वर्षगाँठलाई मनाइनेछ ।

क्रेमलिनको पर्खाल बाहिर दोस्रो विश्वयुद्धमा तत्कालिन सोभियत संघको तर्फबाट युद्ध लड्ने क्रममा ज्यान गुमाएका ज्ञात अज्ञात शहीदहरूप्रति फूलमाला अर्पण गरेपछि पुटिनले राष्ट्रका नाममा सम्बोधन गर्दै भने, “हामी विजय दिवसको सम्झनामा शानदार समारोह गर्नेछौँ र यसले देशभक्त योद्धाहरूको सम्मान हुनेछ र यो राज्यको कर्तव्य हो।”

“विजय दिवसको आत्मिक, नैतिक तथा उत्कृष्ट महत्व सधैं रहन्छ र यसप्रति हाम्रो दृष्टिकोण पवित्र छ । यो हाम्रो स्मृति र गौरव हो, हाम्रो देशको इतिहास, प्रत्येक परिवारको इतिहास हो,” उनले रूसी जनतालाई विजय दिवसका अवसरमा वधाई तथा धन्यवाद ज्ञापन गरे ।

रूसले मे ९ लाई हरेक वर्ष विजय दिवसका रूपमा मनाउने गर्छ र उक्त दिन रूसमा राष्ट्रिय विदा पनि दिइन्छ ।  


कस्तो लाग्यो ?

यो पनि