जेठ ०७, २०८१, सोमबार
               

२४ घण्टामा विश्वभर ५४ सयको मृत्यु

एजेन्सी
बैशाख २७, २०७७

ADVERTISEMENT

एजेन्सी । विश्वभरी पछिल्लो २४ घण्टामा ८७ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

 विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार दिएको जानकारीअनुसार कुल सङ्क्रमितको संख्या ८७ हजार ७ सय २९ रहेको छ । योसँगै विश्वभरी अहिलेसम्म कुल सङ्क्रमितको संख्या ४० लाख २७ हजार ९ सय ६० पुगेको छ । 

सोही अवधिमा थप ५४ सयभन्दा बढीको कोरोनाभाइरसकै कारण मृत्यु भएको पनि डब्लुएचओले जनाएको छ । डब्लुएचओका अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ४ सय २९ जनाको मृत्यु भएको हो । 

विश्वभरी अहिलेसम्म कोरोनाका कारण २ लाख ७६ हजार ३ सय ९६ जनाको मृत्यु भइसकेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । 

पछिल्लो विवरणअनुसार सवैभन्दा धेरै मृत्यु र संक्रमित अमेरिकामा भएका छन् । अमेरिकामा १३ लाख २२ हजार १ सय ६३ जना संक्रमित हुँदा ७८ हजार ६ सय १६ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये ३ सय ७८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
 
त्यसैगरी दोस्रो धेरै मृत्यु बेलायतमा भएको छ । बेलायतमा ३१ हजार २४१ जनाको मृत्यु भएको जनाएको छ । बेलायतमा संक्रमितको संख्या दुई लाख ११ हजार ३६४ रहेको छ । 

कोरोना भाइरसका कारण धेरै मानवीय क्षति भएका मध्ये इटलीमा ३० हजार २०१, स्पेनमा २६ हजार २९९, फ्रान्समा २६ हजार २३०, रुसमा एक हजार ७२३ जनाको मृत्यु भएको छ । 

धेरै मानवीय क्षति भएकाहरुमा जर्मनी, ब्राजिल, टर्की, इरानलगायतका देश पनि रहेका जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि