असोज ०६, २०८१, आइतबार
               

भारतमा कक्षा १० र १२ को परीक्षा जुलाई १ देखि हुने

नेपाल फ्ल्यास
बैशाख २६, २०७७

ADVERTISEMENT

भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण अवरुद्ध भएको कक्षा १० र १२ को परीक्षा आगामी जुलाई १ देखि हुने भएको छ । 

केन्द्रीय माध्यामिक शिक्षा बोर्ड अन्तर्गतको सो परीक्षा आगामी जुलाई १५ सम्ममा सम्पन्न गरिने तय भएको छ . केन्द्रीय सरकार अन्तर्गत रहेर लिइने केन्द्रीय स्तरको यस परीक्षामा सार्वजनिक तथा निजी दुवैथरी विद्यालयका छात्रछात्राहरूका महत्वपूर्ण मानिने गर्छ ।

 “विद्यार्थीहरुको अत्यधिक चासो र चिन्ताको विषय बनेको यस परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको छ,” केन्द्रीय जनशक्ति मन्त्री रमेश पोख्रियाले शुक्रबार भने । 

कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले देशव्यापी लकडाउनको घोषणा गरेकाले यसअघि परीक्षा हुन सकेको थिएन । भारतमा अहिले पनि देशव्यापी लकडाउन कायमै छ । 


कस्तो लाग्यो ?

यो पनि