जेठ ०७, २०८१, सोमबार
               

अन्ततः कोरोना उत्पत्तिबारेको अनुसन्धानमा चीनले सघाउने

एजेन्सी
बैशाख २६, २०७७

ADVERTISEMENT

बीबीसी । चीनले नोबेल कोरोना भाइरस उत्पत्तिबारे हुने अनुसन्धानमा सहयोग गर्ने भएको छ।

यसअघि यो विषय अस्वीकार गरिरहेको चीनले विश्व स्वास्थ्य संगठनले गर्ने अनुसन्धानमा सहयोग गर्ने बताएको हो।

तर यो अनुसन्धान राजनीतिक पूर्वाग्रहले प्रेरित नभई पूर्णतः वैज्ञानिक हुनुपर्ने सर्त चीनले रोखेका छ।

गत डिसेम्बर अन्तिम साता चीनको वुहान सहरबाट कोरोना भाइरस उत्पन्न भएको मानिएको छ। यसबारे थप आधिकारिकता खोज्न विश्व स्वास्थ्य संगठनले अनुसन्धान गर्न लागेको हो।

यसअघि अमेरिकाले पनि कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न चीनसँग माग गरिरहेको थियो। तर चीनले अनुसन्धान राजीनीतिक पूर्वाग्रहले प्रेरित हुने भन्दै अस्वीकार गरिरहेको थियो।

चीनले सूचना लुकाएका कारण कोरोनाले विश्वव्यापी महामारीको रूप लिएको आरोप अमेरिकाले लगाइरहेको छ।

तर चीनले यो कुरा अस्वीकार गर्दै कोरोना भाइरसको उत्पति चीनभन्दा बाहिर नै भएको दाबीसमेत गरेको थियो।


कस्तो लाग्यो ?

यो पनि