भारतमा बुधबार कोरोना भाइरस संक्रमितको संख्या ५२ हजार ९ सय ८७ पुगेको छ । पछिल्लो ३ दिन तिव्र रुपमा संक्रमणदर बढेको छ ।
आइतबारसम्म संक्रमित संख्या ४२ हजार ५ सय ५ थियो । त्यसयता, तीन दिनमा संक्रमितको संख्या ह्वात्तै बढेको हो ।
यसअघि भारतमा कोरोनाको पहिलो संक्रमण भेटिएपछि १० हजारमा संक्रमण फैलन ७५ दिन लागेको थियो ।
त्यस्तै, कोरोना भित्रिएको सुरुवाती ६२ दिनमा केवल ५० जनाको ज्यान गएको थियो । तर, बुधबार एकै दिन ९२ जनाको मृत्यु भयो ।
अहिलेसम्म भारतमा कुल १७ सय ८५ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै, १५ हजार ३ सय ३१ जना निको भएका छन् ।