बैशाख १७, २०८१, सोमबार
               

कोरोनाका कारण अस्ट्रेलियालाई हप्तामा २‍.५ अर्ब डलर नोक्सानी

नेपाल फ्ल्यास
बैशाख २३, २०७७

ADVERTISEMENT

कोरोनाभाइरसका कारण आंशिक लकडाउनलाई निरन्तरता दिएको अस्ट्रेलियाले प्रत्येक हप्ता झण्डै २ अर्ब ५० करोड अमेरिकी डलर नोक्सानी व्यहोर्नु परेको सरकारले जनाएको छ । यस संकटका कारण लाखौं मानिस बेरोजगार पनि भएका छन् ।

अस्ट्रेलियाले कोविड–१९ को प्रसारलाई नियन्त्रणमा ल्याउन निकै सफलता प्राप्त गरेको छ । हाल अस्ट्रेलियाका अधिकांश क्षेत्रमा कोरोनाभाइरस संक्रमितको संख्या नगण्य बराबर मात्र छ । तर अर्थमन्त्री जस फ्राइडेनबर्गले कोरोनाभाइरसको संक्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनले मुलुकको अर्थतन्त्रमा ठूलो नोक्सानी भएको बताए । 

हाल जारी प्रतिबन्धहरुले हरेक साता करिब अढाई अर्ब अमेरिकी डलर बराबर नोक्सानी भइरहेको बताउँदै अर्थमन्त्री फ्राइडेनबर्गले आर्थिक कृयाकलापमा कमी आएको, उत्पादकत्व र उपभोगमा पनि कमी आएको जानकारी दिए । 

अस्ट्रेलियाको तथ्यांक ब्यूरोले यसै साता सार्वजनिक गरेको प्रतिबेदनमा पनि रोजगारीमा ७ दशमलव ५ प्रतिशत कटौती हुने उल्लेख छ । करिब एक करोड ३० लाख सक्रिय रोजगारीमध्ये झण्डै १० लाख व्यक्ति बेरोजगार हुनु परेको ब्युरोको भनाई छ । 

सबैभन्दा बढी प्रभावित होटल तथा पर्यटन क्षेत्रमा झण्डै एक तिहाई व्यक्तिले रोजगारी गुमाएका छन् । कला र मनोरंजन क्षेत्रमा २७ प्रतिशत बेरोजगार भएका छन् । 

अस्ट्रेलियामा कोविड–१९ बाट संक्रमितको संख्या ६ हजार ८०० भन्दा बढी रहेको छ र ९६ जनाको मात्र ज्यान गएको छ ।


कस्तो लाग्यो ?

यो पनि