एजेन्सी । पूर्वी दिल्लीको एक सीआरपीएफ बटालियनका थप ६८ जवानमा कोरोना भाइरस संक्रमण भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
योसँगै यस बटालियनमा रहेका १२२ जवानमा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आएको बताइएको छ । जसमध्ये एक जना निको भइसकेका छन् ।
यसैबीच, भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३७ हजार २५७ पुगेको छ । १० हजारभन्दा बढी संक्रमित निको भएका छन् ।
शुक्रबारमात्रै महाराष्ट्रमा थप १,००८ नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै गुजरातमा ३२६, दिल्लीमा २२३, पञ्जाबमा १०५, राजस्थानमा ८२, तमिलनाडुमा २०३, बिहारमा ४१ जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार, भारतमा कोरोना संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको छ । २६ हजार १६७ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
भारतमा ९,९५० भन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किइसकेका छन् भने कोरोना संक्रमणबाट भारतमा १,२१८ जनाको मृत्यु भएको छ ।