जेठ ०४, २०८१, शुक्रबार
               

चीनमाथि प्रतिबन्ध लगाउन राष्ट्रपति ट्रम्पको दाउ

नेपाल फ्ल्यास
बैशाख २०, २०७७

ADVERTISEMENT

एजेन्सी । चीनमाथि प्रतिबन्ध लगाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाउ हेरेका छन् । उनले चीनमाथि प्रतिबन्ध लगाउन सक्ने भन्दै चेतावनीसमेत दिएका छन् । ‘कोरोना भाइरस संक्रमण रोक्न चीनको असफलतालाई मध्यनजर गर्दै चीनमा अमेरिकी प्रतिबन्धको सम्भावनालाई नकार्न सकिँदैन,’ राष्ट्रपति ट्रम्पले भनेका छन् ।

उनले यो कुरा अमेरिकी राष्ट्रपतिहरुका लागि बनाइएको फार्म हाउस क्याम्प डेभिभ जानका लागि हेलिकप्टरमा चढ्नुअघि पत्रकारहरुसँग कुरा गर्दै भनेका हुन् । २८ मार्चदेखि ह्वाइट हाउसबाट बाहिर ननिस्किएका राष्ट्रपति ट्रम्पले अब उक्त फार्म हाउसमा एक साता बिताउने बताइएको छ । उनी आफ्ना केही सहयोगी र छोरी इवान्का ट्रम्पसँग फार्म हाउस गएका छन् ।

अमेरिकाले चीनको ल्याबबाट कोरोना भाइरसको महामारी फैलिएको दाबी गरिरहेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन चीनले पर्याप्त सावधानी नअपनाएको र विश्व स्वास्थ्य संगठनले पनि चीनको पक्षपोषण गर्दै आएको ट्रम्पले आरोप लगाउँदै आएका छन् । यही कारण अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई गर्दै आएको आर्थिक सहयोग पनि कटौतीसमेत गरेको छ ।
 

यो पनि