बैशाख १७, २०८१, सोमबार
               

रुसका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
बैशाख १९, २०७७

ADVERTISEMENT

रुसका प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनलाई काेभिड १९ सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको छ ।

यो समाचार तयार पार्दासम्म रुसमा एक लाख ६ हजार ४९८ जनामा संक्रमणको पुष्टि भएको छ भने एक हजार ७३ जनाको ज्यान गइसकेको छ ।

गएको जनवरी महिनामा प्रधानमन्त्रीको पदभार सम्हालेका मिशुस्तिन कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि सक्रिय भएर लागेका थिए । आफू संक्रमित भएको जानकारी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिइसकेका छन् । उनी रुसमा संक्रमित हुने हाइप्रोफाइल हुन् ।


कस्तो लाग्यो ?

यो पनि