जेठ ०४, २०८१, शुक्रबार
               

चीनमाथि गम्भीर अनुसन्धान जारी छः राष्ट्रपति ट्रम्प

नेपाल फ्ल्यास
बैशाख १६, २०७७

ADVERTISEMENT

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि गम्भीर अनुसन्धान जारी भएको बताएका छन् । राष्ट्रपति ट्रम्पले कोरोना भाइरसमाथि चीनको प्रतिक्रियाको विषयमा गम्भीर अनुसन्धान सुरु भएको उल्लेख गरेको बीबीसीले लेखेको छ ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले सो कुरा बताएका हुन् । राष्ट्रपति ट्रम्पले भने, ‘हामी चीनसँग खुशी छैनौँ, किन भने हाम्रो मान्यता यो छ कि यो त्यहीँ रोक्न सकिन्थ्यो जहाँबाट यो सुरु भयो ।’

ट्रम्पले कोरोना भाइरसलाई तुरुन्तै रोक्न सकिन्थ्यो र यो विश्वभरी फैलन पनि पाउँदैनथ्यो भन्दै जिकिर गरेका छन् । चीनमाथि इशारा गर्दै ट्रम्पले भने, ‘उनीहरुले हामीलाई मात्रै होइन पूरा  विश्वलाई नै बचाउन सक्थेँ ।’

अमेरिकी राष्ट्रपति लगातार कोरोना भाइरसको महामारीका लागि चीनमाथि अत्यधिक आलोचना गर्दै आएका छन् । साथै, आफूले यो महामारी नियन्त्रण गर्नका लागि अमेरिकाको सीमालाई चीनका लागि बन्द गरिदिएको पनि बताउने गरेका छन् ।

केही स्वास्थ्य विशेषज्ञले चीनसँग तयारीको पर्याप्त समय हुँदासमेत यसबारे बेवास्ता गरेको आरोप लगाउने गर्छन् । ट्रम्पको भनाई छ, ‘जे जति भयो त्यसका लागि एक देशलाई जिम्मेवार देखाउनु, यो कसैले पनि स्विकार गर्ने छैन ।’

पत्रकार सम्मेलनका बेला अमेरिकी राष्ट्रपतिलाई नोभेम्बरमा आयोजना हुने राष्ट्रपति चुनाव स्थगित गर्नेबारे विचार गरिरहेका छन् भनेर प्रश्न सोधियो । यसको उत्तर दिँदै उनले भने, ‘मैले चुनावको मिति सोच्नेबारे कहिल्यै पनि सोचेको छैन । 

यो पनि