जेठ ०५, २०८१, शनिबार
               

एकै परिवारका पाँच जनाको मृत्यु, बुहारीले गरेकी थिइन् हत्या ?

एजेन्सी
बैशाख १४, २०७७

ADVERTISEMENT

एजेन्सी । उत्तर प्रदेशस्थित एटा जिल्लामा एकै परिवारका पाँच जनाको शव भेटिएको छ । गत शनिबार एक घरमा पाँच जनाको शव भेटिएको हो ।

खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा ह्यासट्याग 'एटा माग्छ न्याय' लेख्दै मुख्यमन्त्री आदित्यनाथसँग न्यायको माग गरिएको थियो ।

यस घटनालाई कुनै खास एक जातिसँग जोडेर समेत टिकाटिप्पणी भएको थियो । 

तर, २४ घण्टाभित्र त्यहाँको प्रहरीले यस घटनाको तथ्य सार्वजनिक गरेको छ ।

एसएसपी सुनील कुमार सिंहका अनुसार, घरकी बुहारी (दिव्या पचौरी)ले आफ्ना ससुरा, बहिनी र छोरालाई खानामा विष हालेर दिइन् । उक्त खाना खाएपछि उनीहरुको मृत्यु भयो । त्यसपछि उनले कान्छो छोराको मुख थिचेर हत्या गरिन् । पछि उनीले विष सेवन गरिन् र आफ्नो हातको नसा काटेर आफ्नै ज्यान लिइन् ।

एसएसपी सुनील कुमार सिंहका अनुसार पोस्टमार्टम रिपोर्टको आधारमा यस तथ्य फेला परेको हो ।

एटा जिल्लास्थित कोतवाली नगरको श्रृंगार नगरमा पूर्व स्वास्थ्य अधिकारी रोजेश्वर प्रसाद पचौरी शनिबार मृत अवस्थामा भेटिए । उनीसँगै उनकी बुहारी दिव्या पचौरी, दिब्याकी बहिनी बुलबुल, आठ वर्षका छोरा आरुष र एक वर्षका छोरा आरवको शव फेला परेको थियो ।

दिव्याका श्रीमान दिवाकर पचौरी उत्तराखण्डमा एक औषधि कम्पनीमा कार्यरत छन् । घरमा पाँच जना बस्दै आएका थिए ।

शनिबार बिहान दूधवाला उक्त घरमा दूध पुर्‍याउन जाँदा धेरै समयसम्म ढोका ढक्ढक्याउँदा पनि ढोका नखोलेपछि यस घटना सार्वजनिक भएको थियो ।

यस घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि