बैशाख २६, २०८१, बुधबार
               

किम जोङ उनको मृत्युको खबर भाइरल भएपछि...

नेपाल फ्ल्यास
बैशाख १४, २०७७

ADVERTISEMENT

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ उन बिरामी भएको समाचार केही दिनअघि सार्वजनिक भएको थियो । 

यसैबीच उनको स्वास्थ्यलाई लिएर अहिले दुई प्रकारका समाचार भाइरल भइरहेको छ । 

३६ वर्षीया उनको स्वस्थ्य समस्याका कारण मृत्यु भएको हङकङको एक च्यानलले उल्लेख गरेको छ । शनिबार रातिदेखि यो समाचार भाइरल भइरहेको छ ।

यसैबीच, दक्षिण कोरियाको एक मिडिया रिपोर्टअनुसार हार्ट सर्जरीपछि किम स्वस्थ छन् । र उनी एक रिसोर्टमा आराम गरिरहेका छन् । र रिसोर्टमा घुमफिर समेत गरिरहेका छन् ।

चीनका सञ्चारमाध्यमहरुमा पनि किमलाई लिएर विभिन्न अड्कलबाजीका समचार आइरहेका छन् । चीनले चिकित्सकको एक टोली उत्तर कोरिया पठाएको समेत बताइएको छ । 

चीनको मेडिकल टिमका एक सदस्यले जापानको म्यागेजिनलाई बताएका छन् कि, 'किम जोङलाई केही महिनादेखि मुटुको समस्या देखिएको थियो । केही दिनअघि उनी रिङ्गटा (चक्कर) लागेर ढलेका थिए ।'

त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको एक सर्जरी भइसकेको बताइएको छ । अब उनको मुटुमा स्टेन्ट लगाउनुपर्ने हुनसक्छ । 

दक्षिण कोरिया र चीनका अधिकारीहरुले किमको स्वास्थ्य रिकभर नभएको बताएका छन् । उनीहरुका अनुसार, 'सर्जरीपछि किमको स्वास्थ्य थप गम्भीर भएको छ ।'

केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत किम बिरामी भएको खबर गलत रहेको बताएका थिए । किमको स्वास्थ्य अवस्था कस्तो छ यसबारे यकिन जानकारी भने आइसकेको छैन । 

अत्यधिक धुम्रपान, मोटोपना र धेरै काम गर्ने बानीका कारण उनको मुटुमा समस्या देखिएको खबर केही दिनअघि सार्वजनिक भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि