जेठ ०७, २०८१, सोमबार
               

किम जोङ ऊन गम्भीर बिरामी, मुटुमा समस्या

नेपाल फ्ल्यास
बैशाख ०९, २०७७

ADVERTISEMENT

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ ऊन गम्भीर बिरामी भएका छन् । 

अमेरिकी अधिकारीले गुप्तचरको सूचना अनुसन्धान गर्दा शल्यक्रियापछि किमको स्वास्थ्यमा गम्भीर खतरा देखिएको सीएनएनले उल्लेख गरेको छ ।

किम अप्रिल १५ मा आयोजना भएको हजुरबुवाको जन्मदिनको कार्यक्रममा सरिक नभएपछि उनको स्वास्थ्यबारे चासो दिन थालिएको थियो । उनी अप्रिल ११ मा आयोजित  बैठकमा उपस्थित भएका थिए ।

किमको स्वास्थ्य अवस्था कति गम्भीर छ भन्ने बारे भने थाहा हुन सकेको छेन । 

उत्तर कोरियाबारे विशेष चासो राख्ने दक्षिण कोरियाको अनलाइन पोर्टल डेली एनकेले किमको मुटुमा समस्या भएको जनाएको छ । 

अत्यधिक धुम्रपान, मोटोपना र धेरै काम गर्ने बानीका कारण उनको मुटुमा समस्या देखिएको बताइएको छ । उनको ह्याङसान काउन्टीमा थप उपचार भइरहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि