असोज ०६, २०८१, आइतबार
               

घर फर्किने वातावरण बनाइदिन आग्रह

नेपाल फ्ल्यास
बैशाख १३, २०७७

ADVERTISEMENT

टर्कीमा रहेका नेपालीले नेपाल सरकारसँग स्वदेश फिर्तीका लागि वातावरण बनाइदिनआग्रह गरेका छन् । 

कोरोना भाइरसको जोखिम रहेको अवस्थामा टर्की सरकारले हाल स्वदेश फर्किने वातावरण बनाइदिएको भन्दै उनीहरुले सरकारसँग सो  आग्रह गरेका हुन् । 

‘टर्की नेपाली समाज’ले टर्कीसमेत हेर्ने पाकिस्तानस्थित नेपाली राजदूतावासलाई एक पत्रमार्फत लकडाउन जारी गरिएसँगै हजारौँको संख्यामा टर्कीमा अवैधानिकरूपमा रहेका नेपालीको अवस्था कठिन बन्दै गएको जानकारी गराउँदै समाजका अध्यक्ष उज्वलकुमार घिसिङले वैधानिक श्रमिकले समेत रोजगारी गुमाएका र बेतलबी बिदामा बस्नुपर्दाको पीडाले निराशा सिर्जना गरिसकेको उल्लेख गर्दै सरकारलई पत्र पठाएका हुन् । 

टर्की सरकारले अवैधानिक आप्रवासी कामदारका लागि जरिवाना मिनाहा र आममाफीको निर्णय गरी स्वदेश फिर्तीका लागि प्रक्रिया सुरु गरिसकेको बताउँदै उनले सुविधासहित घर फर्किन टर्की सरकारले दिएको समयसीमा सकिनासाथ अवैधानिक श्रमिकमाथि कारबाही हुने खतरा उल्लेख गरेका छन् ।

यस सम्बन्धमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले पाकिस्तानस्थित नेपाली राजदूतावासमार्फत टर्कीमा रहेका नेपालीको अवस्था र स्वास्थ्यस्थितिका बारे चासो लिँदै सहयोगका लागि त्यहाँको सरकारसँग समन्वयमा रहेको जानकारी दिएका छन् । 

टर्कीमा रहेका नेपालीका समस्याबारे गैरआवासीय नेपाली संघले पनि आवश्यक चासो लिई सहयोगका लागि पहल गरिरहेको ससंघको ‘कोभिड–१९ उच्चस्तरीय समिति’ अन्तर्गतको स्वास्थ्य समितिका सदस्य अतुल कोइरालाले जानकारी दिए । 

यो पनि