जेठ ०८, २०८१, मंगलबार
               

तालिवान लडाकूको आक्रमणमा १३ जनाको मृत्यु

नेपाल फ्ल्यास
बैशाख १२, २०७७

ADVERTISEMENT

तालिवान लडाकूहरूको आक्रमणमा परी अफगानस्तिानमा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।  

देशको उत्तरपश्चिमी बाजीस प्रान्तमा बिहीबार बेलुका भएको घटनामा परी मृत्यु भएका व्यक्तिहरु सरकार समर्थित समूहका लडाकू भएको बताइएको छ । 

प्रान्तीय परिषद्का सदस्य बाहुउद्दिन कादेसीलाई उद्धृत गर्दै टोलो समाचारले जनाएअनुसार क्वाला ए–नाव सहरमा घटना भएको हो । 

घटनामा परी सरकार समर्थित सोही समूहका अरु दश जना सम्पर्क विहिन रहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् । 

प्युविक उप्रिसिङ फोर्स नामक सो समूहले सरकारको पक्षमा आफ्ना गतिविधिहरु गर्दै आएको छ । अफगानिस्तानको सरकारी संरचना अन्तर्गत नै रहेर राष्ट्रिय रक्षा र सुरक्षा फौजलाई सहयोग गर्नेगरी सो समूहले काम गर्ने गरेको छ । 

घटनाका बारेमा सरकारी सुरक्षा अधिकारीहरूले पुष्टि गरे पनि मानवीय क्षतिका बारेमा भने कुनै विवरण दिएका छैनन् । 


कस्तो लाग्यो ?

यो पनि