एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ ।
भारतमा १९ हजार ९८४ व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ ।
कोरोना भाइरस संक्रमणबाट भारतमा ६४० जनाको मृत्यु भइसकेको छ ।
नोयडामा कोरोना संक्रमण नियन्त्रणको लागि गएरातिदेखि नोयडा–दिल्ली बोर्डर सील गरिएको छ ।
कोरोना संक्रमणबाट भारतको महाराष्ट्र बढी प्रभावित बनेको छ । पछिल्लो २४ घण्टामा यहाँ ५५२ जना संक्रमित भेटिएका छन् । मुम्बईमा ३५०० व्यक्ति यस भाइरसबाट संक्रमित भएका छन् ।
गुजरातमा पनि दुई हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएको बताइएको छ ।