एजेन्सी । अमेरिका–क्यानडा सीमा नाका थप ३० दिनसम्म बन्द हुने भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले अमेरिकासँग जोडिएको आफ्नो सीमालाई थप ३० दिनसम्म बन्द राख्ने घोषणा गरेका हुन् ।
विश्वमा अक्रान्त बनाइरहेको कोरोना भाइरसको महामारीका कारण अमेरिका र क्यानडाबीच पहिले नै अनावश्यक यात्रामाथि प्रतिबन्ध गरिएको छ । उक्त प्रतिबन्ध यसै हप्ता मंगलबार समाप्त हुन लागेको थियो ।