बैशाख २१, २०८१, शुक्रबार
               

कोरियाको किटबाट मुख्यमन्त्रीको स्वास्थ्य परीक्षण, १० मिनेटमै आयो रिपोर्ट

एजेन्सी
बैशाख ०६, २०७७

ADVERTISEMENT

एजेन्सी । भारतको आन्ध्रप्रदेशका मुख्यमन्त्री जगनमोहन रेड्डीले कोरोना भाइरस (कोविड–१९) को परीक्षण गराएका थिए । उनको रिपोर्ट आइसकेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई कोरोना भाइरसको संक्रमण नदेखिएको बताइएको छ । 

उनले शुक्रबार र्‍यापिड टेष्टमार्फत आफ्नो परीक्षण गराएका थिए । 

दक्षिण कोरिया सरकारले आन्ध्रप्रदेशलाई दिएको र्‍यापिड टेष्ट किटबाट उनले आफ्नो स्वास्थ्य परीक्षण गराएका हुन् । 

दक्षिण कोरिया सरकारले आन्ध्रप्रदेश सरकारलाई एक लाख र्‍यापिड टेष्ट किट उपलब्ध गराएको थियो । 

दक्षिण कोरियाबाट विशेष विमान चार्टर गरेर ती किटहरु ल्याइएको थियो । 

आन्ध्रप्रदेश राज्य सरकारको सचिवालयले दिएको जानकारी अनुसार ती किटहरुका माध्यमबाट अब उक्त राज्यका विभिन्न सम्भाव्यस्थलहरुमा घरघरमै पुगेर परीक्षण गरिने छ । 

सो परीक्षणपछि १० मिनेटमा नै रिपोर्ट आउने बताइएको छ । यो परीक्षण किटलाई प्रभावकारी मानिएको छ । 

छोटो समयमै यसको संक्रमण थाहा पाउन सकिने भएकोले यो परीक्षणबाट यहाँ कोविडको सम्भावित संक्रमण रोक्न सहयोग पुग्ने बताइएको छ । 

शुक्रबार ती किटहरु आन्ध्रप्रदेश राज्य सरकारलाई हस्तान्तरण गरिएको थियो । 

शुक्रबारै ती किटबाट परीक्षणको आरम्भ मुख्यमन्त्री रेड्डीलाई परीक्षण गरेर शुरु भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि