बैशाख २१, २०८१, शुक्रबार
               

भारतमा कति पुग्यो मृतक र संक्रमितको संख्या ?

एजेन्सी
बैशाख ०६, २०७७

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण भारतमा मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

शनिबार मात्र भारतमा ११ जनाको कोरोना भाइरस संक्रमणका कारण ज्षन गएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

शनिबार गुजरातमा सात, राजस्थानमा दुई, महाराष्ट्र र आन्ध्रप्रदेशमा एक–एक जना संक्रमितको मृत्यु भएको हो ।

योसँगै कोरोना भाइरस संक्रमणका कारण भारतमा मृत्यु हुनेको संख्या ५०२ पुगेको छ ।

हिजो (शुक्रबार) मात्र भारतमा ३० जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो । 

यसैबीच, भारतमा कोरोना भइरस संक्रमितको संख्या १४ हजार ६ सयभन्दा बढी पुगिसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि