असोज ०६, २०८१, आइतबार
               

वुहानमा थपिए १२ सय भन्दा बढी मृतक

एजेन्सी
बैशाख ०५, २०७७

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को उद्गम स्थल मानिएको चीनको वुहानमा कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या एक हजार दुई सय ९० थपिएको छ ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार यसअघि फेला नपरेका र गणनामा छुटेकाहरु १२ सय ९० जना भेटिएका हुन् । 

महामारीको समयमा अस्पतालमा पर्याप्त भर्नाको अभावको कारण उनीहरु गणनामा छुटेका थिए ।

वुहानले कोभिड–१९ बाट मृत्यु हुनेको संख्या पुनरावलोकन गर्दै तीन हजार आठ सय ६९ पुर्‍याएको हो । 

समग्र संक्रमितको संख्यामा पनि उसले तीन सय २५ थप गरेको छ । वुहानमा समग्र संक्रमितको संख्या पनि ५० हजार तीन सय ३३ पुगेको छ । 

यो संख्या चीनको समग्र संक्रमितको करिब दुईतिहाइ हो ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार महामारीको समयमा पर्याप्त भर्ना तथा उपचारको क्षमताको अभावको कारण केही मेडिकल संस्थाले समयमा नै रोग नियन्त्रण तथा रोकथाम प्रणालीलाई जानकारी दिन सकेका थिएनन् । 

त्यतिबेला अस्पताल तथा मेडिकलहरुमा बिरामीको अत्यधिक चाप थियो । त्यसैले वास्तविक नतिजामा ढिलाइ, छुट्ने र गलत तथ्यांक दिने क्रम बढेको थियो ।

अहिले सार्वजनिक गरिएको नयाँ तथ्यांक वुहानको महामारी नियन्त्रण तथा रोकथामको तथ्यांकमा जोडिएको छ । 

साथै दोहोरिएकालाई हटाउने र छुटेकालाई थप्ने काम पनि भएको अधिकारीहरुले बताएका छन् । 

यसअघि अस्पतालमा भर्ना भएकाभन्दा बाहेकका बिरामीको मृत्युलाई भने समावेश गरिएको थिएन । 

साथै केही मेडिकल संस्थाहरुले संक्रमण पुष्टि तथा मृतकको तथ्यांक ढिलो बुझाएका थिए ।

चीनले सार्वजनिक गरेको तथ्यांकमा विश्वभर आशंका उत्पन्न भइरहेको समयमा वुहानले आफ्नो तथ्यांकमा पुनरावलोकन गरेको हो । 


कस्तो लाग्यो ?

यो पनि