जेठ ०४, २०८१, शुक्रबार
               

राष्ट्रपतिले स्वास्थ्यमन्त्री हटाए, जनताले भाँडा बजाए

एजेन्सी
बैशाख ०५, २०७७

राष्ट्रपतिले बर्खास्त गरेका ब्राजिलका स्वास्थ्यमन्त्री लुइज हेनरिक मनडेटा
ADVERTISEMENT

बिबिसी । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले स्वास्थ्यमन्त्री लुइज हेनरिक मनडेटालाई पदबाट बर्खास्त गरेका छन् ।

कोरोना भाइरस संक्रमण नियन्त्रणको विषयमा रोविवाद भइरहेको बेला राष्ट्रपतिले स्वास्थ्यमन्त्रीलाई पदबाट हटाइदिएका हुन् । 

यसैबीच, स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरेको खबर सार्वजनिक भएपछि ब्राजिलका नागरिकहरुले घरका झ्याल तथा बार्दलीबाट भाँडा बजाउँदै राष्ट्रपतिको बिरोध गरिरहेका छन् ।

दुवै नेताहरुको मतभेद आइतबार सार्वजनिक भएको थियो । कोरोना संक्रमण फैलिन नदिने उपायबारे स्वास्थ्यमन्त्री मनडेटाले एक टेलिभिजन कार्यक्रममा सरकार एकजुट भएर संकट समाधान गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । उनले अभिव्यक्तिमार्फत खुल्ला रुपमा राष्ट्रपतिको आलोचना गरेको बताइएको छ ।

स्वास्थ्यमन्त्री हेनरिक मनडेटाले कोरोनाबाट जोगिन सामाजिक दुरी कायम राख्नुपर्ने लगायतका नियमको पालना गर्नुपर्ने बताउँदै आएका थिए । आ–आफ्ना प्रदेशमा लकडाउन गरेको भन्दै उनले गभर्नरहरुको प्रशंसा समेत गरेका थिए ।

तर ब्राजिलका राष्ट्रपति भने यी कुराहरुमा सहमत छैनन् । लकडाउन, सामाजिक दुरी लगायतका गतिविधिले जनतामा त्रास फैलिने भएकाले यी सब गर्न नहुने उनको भनाइ छ । 

उनको भनाइअनुसार मानिसहरुलाई विना डर त्रास आफ्नो नियमित काम गर्न दिनुपर्छ ।

यसअघि नै बोलसोनारोले कोरोना भाइरसलाई ‘सामान्य फ्लु’ भन्दै आत्तिनु नपर्ने बताएका थिए ।

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार ब्राजिलमा ३० हजार ४ सय २५ जना कोरोना संक्रमित छन् । १ हजार ९ सय २४ जनाको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि