जेठ ०८, २०८१, मंगलबार
               

बेलायतमा मध्यराति कसले गर्‍यो नेपालीहरुको कारमा आगजनी ?

नेपाल फ्ल्यास
बैशाख ०५, २०७७

ADVERTISEMENT

लण्डन । लण्डनबाट दक्षिणपूर्वमा अवस्थित मेडिस्टोनमा मध्यराति नेपालीका कारहरुमा श्रृंखलाबद्ध आगजनी भएको छ। पार्किङमा राखिएको नेपालीहरुको कारमा आगजनी भएको हो । 

राति करिब ११ बजेपछि विष्फोटको आवाज आएको र बाहिर हेर्दा परिवार सदस्यहरुले कार जलिरहेको देखेका थिए । 

उक्त घटनामा पूर्व गोर्खा सैनिक रामकुमार लिम्बुको कारमा क्षति पुगेको लण्डनमा बस्दै आएका पत्रकार प्रजय शुक्लले जानकारी दिएका छन् ।

यस घटनापछि पूर्व गोरखा सैनिकको परिवार थप त्रसित बनेका छन्।

पहिलो घटना भएको एक घण्टापछि नजिकैको फान्ट लेनमा अर्का एक नेपालीको कार पनि जलाइएको थियो। 

उक्त घटनालाई कोरोना भाइरससँग गाँसिएको जातिय घृणाको रुपमा हेरिएको छ।

कोरोना भाइरसको महामारी शुरु भएपछि सो क्षेत्रमा नेपालीप्रति जातीय द्वेष बढेको त्यहाँ बस्दै आएका नेपालीले बताएका छन् । 

उक्त घटनाको सम्बन्धमा केन्ट प्रहरीले अनुसन्धान गरिरहेको मेडिस्टोनका नेपाली मूलका काउन्सिलर दिनेश खड्काले जानकारी दिए। 

मेडिस्टोनमा गोर्खाहरुको ब्यारेक रहनुका साथै पूर्व गोर्खाहरुको बाक्लो बसोबास छ।

केही सीमित मानिसहरुले महामारीको दोषारोपण कुनै समुदायमाथि गर्न प्रयास गर्ने र नेपालीहरुमाथि थप दुर्व्यवहारका घटना हुनसक्ने भन्दै काउन्सिलर खड्काले सबैलाई सचेत रहन आग्रह गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि