जेठ ०८, २०८१, मंगलबार
               

कोरोनाको महामारीमा ब्राजिलका स्वास्थ्यमन्त्री बर्खास्त

नेपाल फ्ल्यास
बैशाख ०५, २०७७

ADVERTISEMENT

एजेन्सी । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारेले कोरोना भाइरसको महामारीकै बिच आफ्ना मुलुकका स्वास्थ्य मन्त्रीलाई बर्खास्त गरेका छन् । राष्ट्रपति बोलसोनारेले कोरोना भाइरसको संक्रमण रोकथामका विषयमा मतभेद भएपछि स्वाथ्यमन्त्री लुइज हैनरिक मनडेटालाई पदबाट बर्खास्त गरेको समाचारमा जनाइएको छ ।

 ब्राजेली स्वास्थ्यमन्त्री हैनरिकले आइतबार एक अन्तरवार्तामा दिएको कोरोना भाइरसको जोखिमविरुद्ध सरकार एक जुट भएर लड्नु पर्ने अभिव्यक्तिप्रति राष्ट्रपति बोलसोनारेले आपत्ति जनाएका थिए ।

राष्ट्रपतिले ट्विटरमार्फत आफूले स्वास्थ्यमन्त्री हैनरिकलाई बर्खास्त गरेको जानकारी दिएपछि नागरिकले राष्ट्रपति बोलसोनारेको  बिरोध गरेका थिए । तर, राष्ट्रपतिले विश्वभर महामारीका रूप लिइरहेको कोरोना भाइरसलाई सामान्य फ्लूको रूपमा लिँदै आएको बताइएको छ ।

 स्वास्थ्यमन्त्री हैनरिकले कोरोना भाइरसको संक्रमणबाट जोगिन सामाजिक दूरी बाढाउनु पर्ने भन्दै राज्यले गरेको लकडाउनको तारिफ गरेको पनि बताइएको छ । 


 

यो पनि