जेठ ०४, २०८१, शुक्रबार
               

भारतको १७० जिल्ला रातो घेराभित्र

नेपाल फ्ल्यास
बैशाख ०४, २०७७

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसको बढ्दो जोखीमका कारण भारतको १७० वटा जिल्ला रातो घेराभित्र परेको छ । भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम भएका १७० जिल्लाको पहिचान गरेर रातो घेराभित्र परेको जनाएको छ ।

साथै भारको अन्य २०७ जिल्लालाई संक्रमणको सम्भावित जोखिम भएको जिल्लाको रूपमा पहिचान गरेको छ । स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालका अनुसार राज्यहरूलाई जोखिमका आधारमा जिल्लाहरु तीन वर्गमा छुट्याउन लगाइएको छ ।

कोरोनाको उच्च संक्रमण पाइएको जिल्लालाई निषेधित क्षेत्र, थोरै संक्रमण देखिएको जिल्लालाई जोखिम पहिचान जिल्ला र कुनै संक्रमित नभेटिएको जिल्लालाई ग्रीन जोन मानिएको उनले जानकारी दिए ।

बुधबार क्याबिनेट सचिव, प्रमुख सचिव, डिजिपी, स्वास्थ सचिव, कलेक्टर, एसपी, नगरपालिका आयुक्त र मुख्यमन्त्री अधिकारीहरूको भिडियो सम्मेलनमा संक्रमित क्षेत्र वर्गबारे छलफल गरिएको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि