जेठ ०८, २०८१, मंगलबार
               

कोरोना परीक्षणपछि होम क्वारेन्टाइनमा मुख्यमन्त्री

एजेन्सी
बैशाख ०३, २०७७

ADVERTISEMENT

एजेन्सी । भारत, गुजरातका मुख्यमन्त्री विजय रुपाणीको कोरोना भाइरस परीक्षण गरिएको छ ।

गुजरात सरकारका अनुसार मुख्यमन्त्री रुपाणीको स्वास्थ्य अवस्था सामान्य छ ।

तर, उनले होम क्वारेन्टाइनमा बस्ने निर्णय गरेका छन् ।

अब मुख्यमन्त्रीले आफ्नै निवासबाट भिडियो कन्फ्रेन्सबाट कामकाज सम्हाल्नेछन् ।

मुख्यमन्त्री रुपाणी र डिप्टी सीएम नितिन पटेल र कांग्रेस विधायक इमरान खेडावालाबीच वैठक भएको थियो ।

हिजोमात्र इमरान खेडावालाको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । 

त्यसपछि मुख्यमन्त्री रुपाणीले स्वास्थ्य जाँच गराएर घरमै बस्ने निर्णय गरेका हुन् ।

आगामी एक हप्तासम्म मुख्यमन्त्री रुपाणीले सबै भेटघाटका कार्यक्रम समेत स्थगित गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि