जेठ ०८, २०८१, मंगलबार
               

न्यूजिल्याण्डकी प्रधानमन्त्रीको यस्तो घोषणा

एजेन्सी
बैशाख ०३, २०७७

ADVERTISEMENT

एजेन्सी । न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले ६ महिनासम्म २० प्रतिशत कम तलब लिने घोषणा गरेकी छिन् ।

प्रधानमन्त्री जसिन्डा आर्डर्नले आफूलगायत मन्त्रिमण्डलका सबै मन्त्रीहरुले अबको ६ महिनासम्म २० प्रतिशत कम तलब लिने घोषणा गरेकी हुन् ।

प्रधानमन्त्री जसिन्डाको वार्षिक तलब २ लाख ८५ हजार अमेरिकी डलर छ ।

जसको जागिर गुमेको छ वा जसको तलब कटौती भएको त्यस्ता व्यक्तिहरुप्रति आर्डर्नले यस्तो निर्णय लिएकी हुन् ।

उनले नीजि क्षेत्रका ठूला अधिकारी र अन्य राजनेताको पनि तलब कम गरिने जानकारी दिएकी छिन् ।

न्यूजिल्याण्डमा कोरोनाभाइरस फैलन सुरु भएदेखि नै लकडाउन गरिएको थियो । 

कोरोना नियन्त्रणको लागि गरिएको कोसिसप्रति संसारभरी जसिन्डाको तारिफ भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि