जेठ ०४, २०८१, शुक्रबार
               

भारतमा कति पुग्यो मृतक र संक्रमितको संख्या ?

एजेन्सी
बैशाख ०३, २०७७

ADVERTISEMENT

एजेन्सी । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ११ हजार भन्दा बढी पुगेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार देशभरी कोरोना संक्रमतिको संख्या ११ हजार ४ सय ३९ पुगेको छ । 

मन्त्रालयले बुधबार बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म तीन सय ७७ मानिसको मृत्यु भएको छ ।

भारतको महाराष्ट्र राज्यमा २६ सय ८७ संक्रमित भेटिएका छन् । अन्य राज्यको तुलनामा महाराष्ट्रमा धेरै संक्रमण फैलिएको छ । यहाँ १ सय ७८ जनाको मृत्यु भइसकेको छ । 

दिल्लीमा १५ सय ६१ कोरोना संक्रमित भेटिएका छन् जसमध्ये ३० जनाको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि