जेठ ०४, २०८१, शुक्रबार
               

चिकित्सकहरु नै कोरोनाबाट संक्रमित, अब कसले गर्छ बिरामीको उपचार ?

एजेन्सी
बैशाख ०२, २०७७

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न २० चिकित्सकलाई नै कोरोना संक्रमण भएको छ ।

पाकिस्तानको पन्जाब प्रान्तमा बिरामीको उपचारमा संलग्न रहेको २० चिकित्सक कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।

पाकिस्तान मेडिकल एसोसिएशनका अनुसार, पूरै पाकिस्तानमा १०० जनाभन्दा चिकित्सक तथा नर्स कोरोनाबाट संक्रमित भइसकेको छन् ।

चिकित्सकहरु नै कोरोना बाट संक्रमित भएपछि पाकिस्तानमा सबैलाई एक चिन्ताले सताउन थालेको छ, बिरामीको उपचार कसले गर्छ ?

चिकित्सकको हड्ताल 

पाकिस्तान मेडिकल एसोसिएशनका अध्यक्ष डा. मसुदूर रौफ हराजले सरकार चिकित्सकको स्वास्थ्यको विषयमा गम्भीर नभएको आरोप लागाएका छन् ।

यसैबीच पाकिस्तानमा चिकित्सकहरुले सरकारविरुद्ध विरोध प्रदर्शन समेत गर्दै आएका छन् । 

कोरोनाभाइरस संक्रमितहरुको उपचारको क्रममा आवश्यक पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) नभएको, मास्क समेत उपलब्ध नभएको चिकित्सकहरुले गुनासो गर्दै आइरहेका छन् ।

कति पुगे संक्रमित ?

पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार तीन सयभन्दा बढी पुगेको छ भने ९३ जनाको मृत्यु भइसकेको छ ।

पाकिस्तानको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयका अनुसार, १,०९५ संक्रमित निको भएर घर फर्किएका छन् । ४४ जना संक्रमित गम्भीर छन् ।


कस्तो लाग्यो ?

यो पनि