बैशाख १७, २०८१, सोमबार
               

जो बाइडेन अलास्कामा पनि विजयी

नेपाल फ्ल्यास
चैत ३०, २०७६

ADVERTISEMENT

वासिङ्टन । अमेरिकी राष्ट्रपतिका लागि आगामी नोभेम्बरमा हुने चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न अलास्का राज्यमा भएको मतदानमा जो बाइडेन विजयी भएका छन् । कोरोनाभाइरस महामारीको कारण हुलाक मार्फत गरिएको मतदानको नतिजा शनिबार अबेर राति घोषणा गरिएको थियो । 

गत हप्ता बाइडेनका प्रतिद्वन्द्वी बर्नी स्यान्डर्सले प्रतिस्पर्धा त्याग्ने घोषणा गर्नुअघि नै उक्त मतदान भएको थियो । यसका कारण स्यान्डर्सको पक्षमा पनि मतदान भएको छ । 

मतपरिणाम अनुसार बाइडेनले ५५.३ प्रतिशत तथा स्यान्डर्सले ४४.७ प्रतिशत मत प्राप्त गरेका छन् । यसबाट बाइडेनले राज्यको कूल प्रतिनिधि (डेलिगेट) १५ मध्ये ९ जना तथा स्यान्डर्सले ६ जना प्रतिनिधि प्राप्त गर्नु भएको डेमोक्र्याटिक पार्टीले जनाएको छ । 

धेरै अमेरिकीहरू जस्तै बाइडेन पनि कोरोनाभाइरस महामारीका कारण घरभित्रै बसेका छन् ।  

घरबाटै प्रेस विज्ञप्ति जारी गर्दै बाइडेनले स्यान्डर्सका समर्थकहरूलाई आफ्नो अभियानमा सामेल हुन आग्रह गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि