बैशाख २०, २०८१, बिहीबार
               

ब्राजिलका राष्ट्रपतिको यस्तो लापरवाही

नेपाल फ्ल्यास
चैत ३०, २०७६

ADVERTISEMENT

एजेन्सी । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय नाघेको छ भने २० हजारभन्दा बढी संक्रमित व्यक्ति भेटिएका छन् ।

ब्राजिलका धेरैजसो राज्यले क्वारेन्टाइनजस्ता उपाय लागू गरेको छ तर, देशका राष्ट्रपति जेयर बोल्सोनारोले भने प्रतिबन्धले अर्थव्यवस्थामा क्षती हुने भन्दै यसको विरोध गरेका छन् ।

उनले व्यवसाय खोल्नका लागि केन्द्रलाई एउटा आदेश जारी गर्न पनि धम्की दिएका छन् । सामाजिक दुरी कायम गर्ने आफ्नै सरकारको सिफारिसलाई वाहियात बताउँदै दक्षिणपन्थी नेता आफै गुड फ्राइडेको छुट्टीको दिन राजधानी ब्रासीलियाको सडकमा निस्किए र मानिसहरूसँग भेटघाट गरेका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि